१९ मंसिर २०८२, बिहीबार

खुल्ला पानी ट्याङ्कीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

कर्णाली अपडेट

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ९, कालाभुरस्थित सिचाइ प्रयोजनका लागि बनाइएको खुल्ला पानी ट्याङ्कीमा डुबेर १२ वर्षीय बालकको मृत्यु भएको छ।

शनिबार दिउँसो १:३० बजेको समयमा पौडी खेल्ने क्रममा स्थानीय खडक प्रसाद शर्माका छोरा रमेश शर्मा ट्याङ्कीमा डुबेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जगतीपुरबाट प्रहरी सहायक निरीक्षक कमल बटालाको कमाण्डमा चार जना प्रहरीको टोली घटनास्थलतर्फ खटिएको थियो ।

घटनाकाे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट  प्रहरी निरीक्षक  हरिराम डाँगीको कमाण्डमा चार जना प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बालकको शव पोस्टमार्टमका लागि तयारी गरिँदैछ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२६ जेष्ठ २०८२, आईतवार १६:२३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्