९ कार्तिक २०८२, शनिबार

जाजरकोटमा पहिलो पटक स्केट पार्क सञ्चालनमा

कर्णाली अपडेट समाचारदाता

जाजरकोट । जाजरकोटमा पहिलो पटक स्केट पार्क सञ्चालनमा आएको छ । जिल्ला सदरमुकाम भेरी नगरपालिका वडा नम्बर ३ ठाँटीबजारमा जेडी स्केट पार्क सञ्चालनमा आएको हो । रुकुम पश्चिमका जनक विश्वकर्माले पार्क सञ्चालनमा ल्याउनुभएको हो ।

पार्कको जिल्ला समन्वय समिति जाजरकोटका उप प्रमुख दलबहादुर सिंहले एक कार्यक्रमका बिच पार्कको उद्घाटन गर्नुभयो । पार्क उद्घाटन गर्दै सिंहले स्केट पार्कले साहसिक खेल विकासमा टेवा पुग्ने बताउनुभयो । पहाडी इलाकामा पछिल्ला दिनहरूमा नयाँ नयाँ गतिविधि विस्तार हुनु सकारात्मक रहेको उहाँको भनाई छ । सञ्चालक जनक विश्वकर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिसस उप प्रमुख सिंहको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा रुकुम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दलबहादुर खड्का, तरुण दलका केन्द्रीय सदस्य रमेश चन्द, नेकपा माओवादी केन्द्र चौरजहारीका सचिव एल बि कटुवाल, चौरजहारीका वाइसीयल इन्चार्ज रेसम क्षेत्री, पत्रकार महासंघका कर्णाली प्रदेश सदस्य सरोज ओली, महासंघ जाजरकोटका सह सचिव पवन शर्मा, प्रेस चौतारीका अध्यक्ष विनोदकुमार घर्ती, भेरी मालिका दैनिकका रेसम खड्का, युवा व्यवसायी प्रवीण बुढाथोकी लगायतको पनि आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन पत्रकार मनिष खड्काले गर्नुभएको थियो । २० लाख बढीको लगानीमा पार्क सञ्चालनमा ल्याएको सञ्चालक विकले जानकारी दिनुभयो । साहसिक र युवाहरू माझ लोकप्रिय स्केट पार्क सञ्चालनमा ल्याएको र यसले जाजरकोटमा स्केटको लोकप्रियता बढाउने उहाँको विश्वास छ ।

२१ आश्विन २०८१, सोमबार १७:५२ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्