१२ श्रावण २०८१, शनिबार

राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा सकियाे मतदान

कर्णाली अपडेट

सुर्खेत । राष्ट्रिय सभा सदस्य पदको निर्वाचन अर्न्तगत कर्णाली प्रदेशमा मतदान सकिएको छ। मतदान गर्ने समय ३ बजेसम्म भएपनि सबै मतदाताले मत हालेपछि मतदान सकिएको हो।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश सभा तर्फका ४० सदस्यले मतदान गरेका छन्। यस्तै, ७९ स्थानीय तहका कूल १५८ मतदातामध्ये १५६ जनाले मतदान गरेका छन्। दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङ र जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको निधन भएको थियो।

विहान ९ बजेदेखि सुरु भएको मतदान १ः१५ बजे सकिएको हो ।

प्रदेश सभातर्फ घनश्याम भण्डारीद्वारा पहिलो र सभामुख नन्दा गुरुङद्वारा अन्तिम मत खसेको थियो भने स्थानीय तहतर्फ सुर्खेतको गुर्भाकोट नगरपालिका प्रमुख हस्तबहादुर पुनले पहिलो र जाजरकोटको शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले अन्तिम मतदान गरेका थिए।

मतदान सकिएसँगै छलफलबाट मतगणना सम्बन्धी निर्णय हुनेछ । सम्भवतः आजै नतिजा आईसक्ने निर्वाचन कार्यालयको भनाई छ ।

कर्णाली प्रदेशबाट तीन पदका लागि छ जनाको उम्मेदवारी परेको थियो ।

सत्तारुढ गठबन्धन दलबाट अन्य कलस्टरमा कृष्णबहादुर रोकाया, महिलातर्फ सावित्री मल्ल र दलिततर्फ विष्णु विकले उम्मेदवार छन्।

यस्तै, नेकपा एमालेका तर्फबाट अन्यमा डिल्ली प्रसाद भट्ट, महिलातर्फ विमला शाही र दलिततर्फ हिक्मत विकले उम्मेदवार छन्।

यसपटक भएको निर्वाचनमा प्रति प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तह प्रति मतदाता १९ मतभार रहेको छ । यसरी गणना हुँदा कर्णाली प्रदेशको कूल मतभार पाँच हजार ८४ रहेको छ ।

११ माघ २०८०, बिहीबार १४:४८ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्