१२ श्रावण २०८१, शनिबार

बाटो तथा सार्वजनिक जग्गा मिचेर बनाइएका ५२ वटा संरचना भत्काउने भेरी नगरपालिकाकाे निर्णय

कर्णाली अपडेट

जाजरकोट । सार्वजनिक बाटो तथा जग्गा मिचेर बनाईएका सदरमुकाम खलंगा भित्रका ५२ घरका संरचना भत्काउने सर्बपक्षीय बैठकले निर्णय गरेको छ । भेरी नगरपालिकाको आयोजनामा बिहीबार सम्पन्न सर्बपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

भुकम्पले क्षेतीग्रस्त भएको खलंगा बजारको नव निर्माण गर्न भेरी नगरपालिकाले बिहिबार सर्वपक्षीय बैठकको आयोजना गरेको थियो । उक्त बैठकमा नगरपालिकाका जनप्रतिनिधि, जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, प्रमुख जिल्ला अधिकारी लगाएत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

बैठकले सरकारी मापदण्ड पुरा गरेर घर निर्माण गर्नुको साथै, सडक, मन्दीर, खानेपानी लगाएतका सार्वजनिक संरचनाको नव निर्माण गर्ने निर्णय भएको भेरी नगरपालिकाले जानकारी दिएको छ ।

बैठकले जिल्ला सदरमुकाम खलंगा भित्र बाटो तथा सार्वजनिक जग्गा मिचेर बनाइएका ५२ वटा घरका संरचनाहरु भत्काउने निर्णय गरेको भेरी नगरपालिकामा कार्यरत कर्मचारी केदार बहादुर कार्कीले जानकारी दिएका छन् । जिल्ला सदरमुकाम खलंगालाई नव निर्माण गर्न बैठकले मुल सडकको चौढाई १० मिटरको ठाउँ छोड्नुको साथै ३ मिटर सेटव्याकमा घर बनाउने निर्णय भएको भेरी नगरपालिकामा कार्यरत सर्वेक्षक केशव पुनले जानकारी दिए ।

सर्वेक्षक पुनले दिएको जानकारी अनुसार सहायक सडकको चौढाई ४ मिटरको ठाउँ छोड्नुको साथै ढाई मिटर सेटव्याक छोडेर सटर निर्माण गर्ने बैठकले निर्णय गरेको छ । आफुलाई कण्ठ नभएको हुदा संरचना भत्काइने ५२ घरका नाम लिष्टका बिषयमा बताउन नसकिने नगरपालिकाका कर्मचारीहरुले बताएका छन् । संरचना भत्काइने घरका नाम, लिष्टहरुको केही दिनमा सार्वजनिक सुचना प्रकाशित हुने कर्मचारीले बताए ।

२७ माघ २०८०, शनिबार ०९:१५ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्