९ कार्तिक २०८२, शनिबार

भेरी ज्ञानोदय बहुमुखी क्याम्पसमा स्ववियुको टीम

कर्णाली अपडेट

जाजरकोट । मध्यपश्चिम विश्वविद्यालयको आंगिक भेरी ज्ञानोदय बहुमुखी क्याम्पसमा नयाँ स्ववियुको टीम निर्वाचित भएको छ । बुधबार क्याम्पसमा दर्ता भएका विद्यार्थी संगठनहरुको सहमतिमा नयाँ टीम सर्वसम्मत निर्वाचित भएको हो ।

जस अन्तर्गत स्ववियू सभापतिमा नेविसंघका प्रनिल चन्द, उप सभापतिमा अखिल क्रान्तिकारीका अजय शर्मा, सचिवमा अनेरास्ववियूका पुष्पराज वली, सह सचिवमा प्रजातान्त्रिक विद्यार्थी संगठनका मिनकृष्ण शाह सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत लोकबहादुर शाहीले जानकारी दिए ।

यस्तै, कोषाध्यक्षमा अनेरास्ववियुका राजेन्द्र खत्री, सदस्यहरुमा अखिल समाजवादीका नवीन शाही र अनेरास्ववियुकी प्रतिमा खत्री निर्वाचित भएको अधिकृत शाहीले हाम्रो पहुँचलाई जानकारी दिए ।

क्याम्पसमा छ वटा विद्यार्थी संगठन दर्ता भएका  थिए। कार्यतालिका अनुसार यही चैत्र १८ गते निर्वाचन हुने थियो । २८६ मतदाता रहेको भेरी ज्ञानोदय क्याम्पसमा सर्वसम्मत नयाँ स्ववियु टीम आएको छ ।

 

१२ चैत्र २०८१, बुधबार २०:२५ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्