जाजरकोट । नेकपा माओवादी केन्द्र निकट यूवा संगठन योङ कम्यूनिष्ट लिग (वाइसीएल) नेपाल जाजरकोटको अध्यक्षमा यज्ञराज बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार भएको संगठनको पाँचौं जिल्ला सम्मेलनले अध्यक्षमा बस्नेत सहित ३७ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।
यस्तै, उपाध्यक्षमा गोविन्द्र गिरी,खम्बप्रसाद सिंह,सुनकेसा के.सी. सचिवमा सौगात विष्ट, स‒सचिवमा दिपक खड्का, भुपेन्द्र रावल, बालकृष्ण शाह, मुक्तिराज वि.क. निर्वाचित भएका छन् । कोषाध्यक्षमा गीता बुढा निर्वाचित भएको वाइसीएल जाजरकोटले जनाएको छ ।
२७ बैशाख २०८२, शनिबार ०७:१८ मा प्रकाशित