१ माघ २०८२, बुधबार

जाजरकोटमा जिप दुर्घटना २ जनाको मृत्यु ४ घाइते

सरोज वली

जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका वडा नं. ८ र ९ को सिमानामा पर्ने बार्न नाउरीघाट भन्ने स्थानमा डबल क्याप बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

पजारुबाट थलह आउँदै गरेको कर्णाली प्रदेश ००१ च १३२७ नम्बरको बोलेरो जिप सडकबाट करिब १ सय ५० मिटर तल खसी दुर्घटनामा परेको हो।दुर्घटनामा परी सोही स्थानका २८ वर्षीय राजु अधिकारी र ७० वर्षीय नन्दकला अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीर खड्काले जानकारी दिनुभयो।

जिपमा चालकसहित ६ जना सवार थिए। दुर्घटनामा परि घाइते हुनेहरूमा सोही वडाकै चालक वर्ष २४ का कृष्ण अधिकारी, वर्ष २० कि लक्ष्मी खत्री, वर्ष ३९ का वीर बहादुर अधिकारी र दैलेख नौमुले गाउँपालिका वडा नं ६ घर भएका वर्ष २३ कि शीतला रावत रहेको खड्काले बताउनु भयो ।

दुर्घटनामा परि घाइते भएका ४ जनालाई उद्धार गरी उपचारका लागि छेडागाड नगर अस्पताल लगिएको छ। घाइतेहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाइएको छ।
जिपको ब्रेक फेल भएर दुर्घटना परेको प्रहरीले जनाएको छ ।

२५ पुष २०८२, शुक्रबार १३:३३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्