१ माघ २०८२, बुधबार

विस्तृत क्षति आँकलन (DDA) सम्बन्धी पुनः मुल्याङ्कन गर्न जिल्ला प्रशासन कार्यालय जाजरकोटको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाइ पत्र

कर्णाली अपडेट

जाजरकोट । भूकम्पबाट प्रभावित लाभग्राहीको पहिचान र पुनःस्थापना प्रक्रियालाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय जाजरकोटले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सँग प्राविधिक माग गरको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबार काठमाडौंलाई पत्राचार गर्दै प्राविधिक टोली खटाइदिन भन्दै अनुरोध गरेको हो। पत्रअनुसार २०८० कात्तिक १७ गते गएको विनाशकारी भूकम्पपछि जाजरकोटमा हजारौँ घर तथा संरचना क्षतिग्रस्त भएका छन् भने प्रभावित लाभग्राहीमध्ये ४० हजार भन्दा बढिले अस्थायी आवास निर्माणको किस्ता रकम समेत प्राप्त गरिसकेका छन्।

तर विस्तृत क्षति आँकलन (DDA) तथा लाभग्राही सूचीमा वास्तविक पीडित छुट्ने र नपर्ने व्यक्तिको नाम समावेश भएको भन्दै व्यापक गुनासो आएपछि पुनः स्थलगत अनुगमन आवश्यक देखिएको प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले जानकारी दिनुभयो। पुनर्निर्माण, प्रवलीकरण तथा पुनःस्थापनासम्बन्धी अनुदान कार्यविधि, २०७९ अनुसार लाभग्राही यकिन गर्न प्राविधिक टोलीको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक देखेमा प्राविधिक खटाई पुनः मुल्याङ्कन गर्न सक्ने व्यवस्था रहेकाले कम्तीमा १० जना प्राविधिक सिभिल इन्जिनियर तत्काल जाजरकोट पठाइदिन अनुरोध गर्दै पत्र पठाइएको पौडेलले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारीका अनुसार प्राविधिक खटाइएमा DDA सम्बन्धी गुनासो समाधान, वास्तविक लाभग्राही पहिचान र पुनर्निर्माण प्रक्रिया छिटो अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

२८ पुष २०८२, सोमबार १४:३७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्