१५ बैशाख २०८१, शनिबार

अन्तर कार्यालय डबल ब्याडमिन्टन प्रतियोगिताकाे उपाधी गाेविन्द जनरल स्टाेरलाई

कर्णाली अपडेट

जाजरकाेट । विश्व ट्रेड युनियन महासंघकाे ७८ औ स्थापना दिवसको अवसरमा संचालित अन्तर कार्यालय डबल्स ब्याडमिन्टन प्रतियोगितामा गाेविन्द जनरल स्टाेरले प्रथम स्थान हासिल गरेकाे छ ।

त्यसैगरि नलगाड नगरपालिका कार्यालय काे टिम द्वितीय, शसस्त्र प्रहरी बल र रेजन भेट सेन्टरकाे टिमले सान्त्वना स्थान हासिल गरेकाे पेशागत महासंघ नेपाल जिल्ला कार्यसमिति जाजरकोटका अध्यक्ष चाँगुनारायण बिष्टले बताए । असाेज १४ गते देखि संचालन गरिएकाे प्रतियोगितामा १६ वटा टिम सहभागी भएका थिए ।

१७ आश्विन २०८०, बुधबार १९:४७ मा प्रकाशित
Nabintech