१२ श्रावण २०८१, शनिबार

खाजा खर्च कटाएर विद्यार्थीलाई न्यानो कपडा वितरण

कर्णाली अपडेट

जाजरकाेट । दैनिक खाजा खर्च बापतको रकम कटाएर विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटमा कार्यरत कर्मचारीहरुले दैनिक खाजा खर्च बापत आउने ३० रुपैयाँ बराबर रकम दुई महिना सम्म सङ्कलन गरि जम्मा गरिएको रकमबाट विजय प्रावि स्याँला, नरज्योती प्रावि कल्यानपुर र हनुमान प्राविका करिव १ सय ५० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको संस्थाका अध्यक्ष छवि पन्तले बताए ।

कपडा वितरण गर्दै पन्तले विपत्तिको समयमा हाम्रा विलासिता, मोज मस्ती, महँगा जीवनशैली रूपान्तरण गर्नका लागि आफुहरुले यो कार्य गरेको बताए । भुकम्प पछि हालसम्म पाँचाताराले विभिन्न संस्थाहरुसँगको सहकार्यमा करिव १० करोड बराबरको राहत साम्रागी वितरण गरिसकेको छ ।

१८ पुष २०८०, बुधबार १०:३४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्