२३ बैशाख २०८१, आईतवार

जाजरकोटमा प्रदेश स्तरीय कृत्रिम घटना अभ्यास सम्पन्न (फाेटाे फिचर)

कर्णाली अपडेट

जाजरकाेट । जाजरकोटमा बदलिदो मौसमका कारण हुनसक्ने विपद् जन्य घटनाहरुको न्यूनिकरणका लागि प्रदेश स्तरीय कृत्रिम घटना अभ्यास गरिएको छ ।

जिल्लाको शिवालय गाउँपालिका वडा नं १ छेडा नजिकै भेरी किनारमा उक्त अभ्यास गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनीको मुख्यालय सुर्खेतको आयोजनामा जनचेतनामुलक डेमो प्रदर्शन गरिएको हो ।

जनचेतनामुलक डेमो प्रदर्शनमा बदलिदो मौसमका कारण बाढिमा फसेकाको उद्दार कसरी गर्ने ? विपद्का बेला स्थानीयसँग कसरी समन्वय गर्ने ? घाइतेलाई कसरी प्राथमिक उपचार गर्ने ?, पीडितको पुर्नस्थापना कसरी गराउने ? गम्भीर घाइतेलाई अस्पतालसम्म कसरी लैजाने ? लगायतका विषयमा डेमोमा प्रदर्शन गरिएको थियो ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरिक्षक दुर्गा प्रसाद भट्टराई, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक लालमणि आचार्य र राष्ट्रिय अनुसन्धान विभाग कर्णाली प्रदेश निर्देशक माधव प्रसाद सापकोटा, सल्यान, जाजरकोट र सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत विपद् व्यवस्थापन समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरु, रेडक्रस, विपद्संग सम्बन्धित विभिन्न संघ संस्था र स्थानिय बासिन्दाहरु लगायतको उपस्थिति रहेको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख बिकाश थापाले बताए ।

१३ बैशाख २०८१, बिहीबार १८:२४ मा प्रकाशित
Nabintech