१२ श्रावण २०८१, शनिबार

छ दिनदेखि हराएका सुनिल आचार्य मृत भेटिए

कर्णाली अपडेट

जाजरकोट । जाजरकोटमा ६ दिनदेखि हराएका एक युवक मृत अवस्थामा भेटिएका छन । चैत्र २५ गतेदेखि एकासी बेपत्ता भएका भेरी नगरपालिका ४ बोहरागाउँका सुनिल आचार्य खलंगाबाट बोहरा जाने बाटोको बिचमा पर्ने खहरेखोलाको भिरमा आज मृत अवस्थामा भेटिएका हुन ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड जाजरकाटको शाखा प्रमुख पदमा कार्यरत आचार्य २५ गते बेलुका घरबाट निस्केका थिए । मोटरसाइकल र मोबाइल समेत घरमै छोडेर कसैलाई जानकारी नगराएर निस्केका आचार्य सडकदेखि करीब २ सय मिटर तल भिरमा मृत अवस्थामा भेटिएका हुन ।

प्रहरीले उनको भिरबाट लडेर मृत्यु भएको अनुमान गरेको छ ।  कार्यालयको काममा निस्केको होला भन्ने ठानेर २/३ दिन पर्खेको र त्यसपछि लगातार खोजिकार्य गर्दा आज मृत अवस्थामा फेला पारेको परिवारले जनाएको छ ।

३० चैत्र २०८०, शुक्रबार २०:११ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्