१५ बैशाख २०८१, शनिबार

जाजरकोट नलगाडमा राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार

भिम खड्का

जाजरकोट । राष्ट्रिय बाणिज्य बैंकले नलगाड नगरपालिकाको दल्लीमा आफ्नो सेवा विस्तार गरेको छ । सहुलियत कर्जा कार्यक्रम देखि अन्य कारोबार गर्ने उदेश्य सहित नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा शाखा स्थापना भएको जाजरकोट शाखाका प्रमुख निमबहादुर शाहीले जानकारी दिए ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका सहित लाई सेवा प्रवाह गर्ने उदेश्यका साथ दल्लीमा बाणिज्यको शाखा स्थापना भएको शाहीले बताए ।

May be an image of 3 people, newsroom, dais and text

भूकम्पबाट पीडित बनेका यस क्षेत्रका सर्वसाधारणलाई बाणिज्य बैंकको शाखा बिस्तारले धेरै सहयोग पुगेको नलगाड नगरपालिकाका नगर प्रमुख डम्वर बहादुर रावतले बताए । बाणिज्य बैंक स्थापनाका लागि नगरपालिकाले पटक पटक माग पत्र पेश गर्दै आएको थियो ।

यो पटक भने पूर्व मन्त्री गणेशप्रसाद सिहंको पहलमा दल्लीमा शाखा ल्याउन सफल भएको नगरप्रमुख रावतले वताए । द्वन्द्वकालमा नेपाल बैंक लिमिटेड दल्लीबाट सदरमुकाम खलंगामा विस्थापित भएको थियो ।

May be an image of 2 people and text

२६ मंसिर २०८०, मंगलवार १८:४० मा प्रकाशित
Nabintech