१५ बैशाख २०८१, शनिबार

भीरबाट लडेर भारतमा एक नेपालीको मृत्यु

कर्णाली अपडेट

जाजरकोट । भारतमा भीर बाट लडेर एक जाजरकोटी पुरुषको मृत्यु भएको छ । भारतको गौरीकुण्ड जिल्लामा कुशे गाउँपालिका – ०७ समाकोटका अन्दाजी ४५ बर्षका निम बहादुर सिंहको घाँस काट्ने क्रममा भीर बाट लडेर मृत्यु भएको हो ।

रोजगारीको सिलसिलामा भारत गएका सिंह लामो समय देखि उक्त ठाउँमा बस्दै आएका थिए ।घाँस काट्ने क्रममा चिप्लिएर भीर बाट लडेपछि टाउकोमा गम्भीर चोट लागेको थियो । सिंहको घटनास्थलमै मृत्यु भएको उनका आफन्त धनबहादुर सिंहले जानकारी दिए ।

३१ भाद्र २०८०, आईतवार २१:३५ मा प्रकाशित
Nabintech