१५ बैशाख २०८१, शनिबार

रिहा भएपछि बल्छी धुर्वेसहितका कलाकारले भने- काममा चाँडै फर्कन्छौं

कर्णाली अपडेट

काठमाडौं जिल्ला अदालतको आदेशपछि वान-एक्स बेट प्रकरणमा पक्राउ परेका कलाकार र युट्युवर बुधबार बेलुका रिहा भएका छन् ।

अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा र सरोज घिमिरे पक्राउ परेका थिए ।

अदालतले कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । रिहा भएपछि अदालत परिसरबाहिर मिडियासँग कुरा गर्दै उनीहरुले अदालतले न्याय दिएको बताए ।

२७ असार २०८०, बुधबार २०:३५ मा प्रकाशित
Nabintech