१७ बैशाख २०८१, सोमबार

एमाले जाजरकोटको अध्यक्षमा नरेन्द्र कुमार शाही निर्वाचित

कर्णाली अपडेट

जाजरकोट । नेकपा (एमाले) जाजरकोटको अध्यक्षमा नरेन्द्र कुमार शाही निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी खिमबहादुर शाहीलाई आठ मत अन्तरले पराजित गर्दै शाही अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचित शाहीले १९४ र पराजित भएका शाहीले १८६ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा विश्वविक्रम शाह विजयी भएका छन् । शाहले १८२ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी मोतिलाल वलीले १७५ मत प्राप्त गरेका थिए । सचिवमा गोपाल बहादुर नेपाली निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नरबहादुर बस्नेत (एन.बी) लाई १७ मत अन्तरले पछि पार्दै १८८ मत प्राप्त गरी नेपाली विजयी भएका हुन् । बस्नेतले १७१ मत प्राप्त गरेका थिए ।

यस्तै, उप सचिवमा तप्तबहादुर हमाल विजयी भएका छन् उनका प्रतिस्पर्धी भक्तबहादुर बस्नेतलाई पछि पार्दै हमाल विजयी भएका हुन् । हमालले १८१ मत प्राप्त गरेका थिएन भने बस्नेतले १५७ मत प्राप्त गरेका छन् ।

महिला उपसचिवमा सुनिता बोहरा विजयी भएकी छन् । उनका प्रतिस्पर्धी हरिकला जैसीलाई पराजित गर्दै बोहरा निर्वाचित भएकी हुन् । बोहराले १९३ मत प्राप्त गरेकी थिईन् भने जैसीले १५१ मत प्राप्त गरेकी थिईन् । एमाले जाजरकोटको सातौं जिल्ला अधिवेशनमा ४०४ प्रतिनिधी छनौट भएका थिए । त्यसमध्ये ३९७ मत खसेको निर्वाचित कमिटीले जनाएको छ ।

२८ चैत्र २०८०, बुधबार ०९:३४ मा प्रकाशित
Nabintech