१५ बैशाख २०८१, शनिबार

कर्णाली प्रदेश सरकारबाट बाहिरियो कांग्रेस तीन मन्त्रीले दिए राजिनामा

कर्णाली अपडेट

सुर्खेत । कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको छ । केन्द्र सरकारमा सत्ता गठबन्धन परिवर्तन भएसँगै मंगलबार कर्णाली सरकारबाट कांग्रेस बाहिरिएको हो ।

प्रदेश सरकारमा आर्थिक मामिला याेजनामन्त्री बेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पाेखरेल र उद्योग पर्यटन  तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले राजीनामा दिएका छन् । उनीहरूले मुख्यमन्त्री राजकुमार शर्मालाई भेटेर राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा याेजनामन्त्री बेदराज सिंहले पार्टीकाे निर्देशन बमाेजिम जनताका पक्षमा रहेर काम गरेकाे बताए । राष्ट्रिय राजनीतिमा आएकाे बदलावलाई अन्यथा नलिई पार्टीकाे निर्देशनबमोजिम राजीनामा दिएकाे उनले बताए ।

सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि कांग्रेसले फिर्ता लिएको छ ।

२२ फाल्गुन २०८०, मंगलवार १३:३१ मा प्रकाशित
Nabintech