१५ बैशाख २०८१, शनिबार

जाजरकाेटका भूकम्प पीडितलाई भिसिएनको सहयोग-फोटो फिचर

कर्णाली अपडेट

जाजरकोट । जाजरकोटका भूकम्प पीडितलाई सावर्स एक्सन हङकङ चाईनाको सहयोगमा भोलेन्टर क्रप्स नेपाल (भिसिएन) ले राहत सामग्री उपलब्ध गराएको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गत कात्तिक १७ गते राति छ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोटमा मात्रै १ सय १ जनाको ज्यान गएको थियो । भिसिएनले भुकम्पबाट सवै भन्दा प्रभावित भेरी नगरपालिका र नलगाड नगरपालिकाका झण्डै ९ सय ५० जना भुकम्प प्रभावितलाई एक सेट त्रिपाल, दुई वटा ब्लाङ्केट र स्वास्थ्य किट वितरण गरिएको भिसिएनकी उपाध्यक्ष राधा मताङ्गीले बताइन ।

उनका अनुसार भेरी नगरपालिका ३ का ३ सय जना, भेरी ५ का १ सय ५० जना र नलगाड नगरपालिका ३ का करिव ५ सय जना भुकम्प प्रभावित नागरिकलाई राहत सामाग्री वितरण गरिएको हो ।

४ चैत्र २०८०, आईतवार १७:०८ मा प्रकाशित
Nabintech