१५ बैशाख २०८१, शनिबार

ट्राफिक प्रहरीद्धारा सात महिनामा १६ लाख राजस्व संकलन

कर्णाली अपडेट

जाजरकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु १६ लाख बढी राजश्व सङ्कलन गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु आवको साउनदेखि माघ मसान्तमा १६ लाख छ हजार पाँच सय राजश्व सङ्कलन गरेको हो । सो अवधिमा विभिन्न किसिमका २ हजार तीन सय ३९ सवारीमाथि कारबाही गरी सो राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख अम्बर गुरुङले जानकारी दिए ।

हाल सम्म ट्रक÷ ट्याङ्कर चार सय २२, बस मिनिबस दुई सय ३७, जिप ÷कार÷ भ्यान चार सय ८०, ट्याक्टर दुई सय १०, मोटरसाइकल नौं सय ५३ र अटो तथा अन्य ३७ सवारी साधनलाई कारवाही गरिएको प्रमुख गुरुङले बताए । सो क्रममा सबैभन्दा बढी मोटर साइकललाई कारबाही गर्दा राजस्व संकलन भएको छ । नियम उल्लंघन गरी सवारीसाधन चलाउनेमा दुई पांग्रे चालक रहेको प्रमुख गुरुङको भनाई छ ।

‘मोटरसाइकल र स्कुटर चालकबाट बढी नियम उल्लंघन हुने गरेको छ,’ उनले भने, ‘सवारी साधनको कागजात नभएका र लाइसेन्स नभएका पनि बढी छन् ।’ सवारी साधनका धनीलाई कारबाहीसँगै सवारी धनीलाई नियम बारेमा पनि जानकारी गराउने गरेको गुरुङले बताए । प्रहरीले मादक पदार्थ सेवन गर्नेविरुद्ध पनि चेक कडाइ गर्ने गरेको छ ।

११ फाल्गुन २०८०, शुक्रबार १२:०० मा प्रकाशित
Nabintech