१७ बैशाख २०८१, सोमबार

तीन दिन देखि बेपत्ता बुढा मृत अवस्थामा फेला

कर्णाली अपडेट

जाजरकोट । भेरी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका जाजरकोटको शिवालय गाउँपालिका-३ का कमल बुढाको शव फेला परेको छ । गत चैत २९ गते दिउँसो १ बजे रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ३ टाँटागाउँ स्थित भेरी नदिमा नुहाउने क्रममा बेपत्ता भएका बुढाको शव आइतवार फेला परेको हो ।

बुढाको शव बेपत्ता भएको ठाउँबाट ५० मिटर तल भेरी नगरपालिका-१२ बारेला भन्ने स्थानको भेरी नदीको बिच भागमा फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी माधव विश्वकर्माले बताए ।

उनी चौरजहारी नगरपालिका-३ मा निर्माणधिन अस्पतालको काम गर्दै आएका थिए ।

२ बैशाख २०८१, आईतवार २१:५७ मा प्रकाशित
Nabintech