१५ बैशाख २०८१, शनिबार

भुकम्प प्रभावित क्षेत्र भेरी नगरपालिका र नलगाडमा प्राइमरी ट्रमा केयर (PTC) तालिम सम्पन्न

कर्णाली अपडेट

जाजरकाेट । प्राइमरी ट्रमा केयर (PTC) तालिम सम्पन्न भएकाे छ । भुकम्पबाट प्रभावित क्षेत्र नलगाड नगरपालिका, बारेकाेट गाउँपालिका पश्चिम रूकुमकाे आठबिसकोट नगरपालिकाका स्वास्थ्यकर्मी (डाक्टर, नर्स र प्यारामेडिक) लाई उक्त तालिम दिइएकाे थियाे । अपाङ्गता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरुको शारीरिक पुनर्स्थापना तथा आर्थिक समावेशिता सेवामा पहुँच वृद्धि  परियोजना अन्तर्गत लक्जेम्बर्गको परराष्ट्र मन्त्रालय, ह्यान्डिक्याप इन्टरनेशनल फेडेरेसन नेपाल (HI) को समन्वय र  आर्थिक सहयोग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान को प्राविधिक सहयोग र स्थानीय  साझेदार संस्था  पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटकाे आयाेजनामा दुई दिने प्राइमरी ट्रमा केयर (PTC) तालिम सम्पन्न भएकाे हाे।

जाजरकोट र पश्चिम रुकुममा जनधनको क्षतिको स्थितिमा कम गर्न र भविष्यमा राम्रो विपद् पूर्व तयारीका लागि दक्ष स्वास्थ्यकर्मी टोलीको संख्या बढाउन योगदान पुर्याउने उद्देश्यले तालिम अयोजना गरिएको थियो । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले पनि अनुमोदन गरेको प्राइमरी ट्रमा केयर फाउन्डेसनको “सीमित स्रोतहरू भएका स्थानहरूमा ट्रमा व्यवस्थापनका लागि प्राथमिक ट्रमा केयर कोर्स म्यानुअल” प्रशिक्षणको लागि अपनाएको  थियो।

तालिममा जाजरकोट र रुकुम पश्चिम सहित २ जिल्लाका भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकाेट गाउँपालिका, कुशे गाउँपालिका पश्चिम रूकुमकाे आठबिसकोट नगरपालिका र चौरजहारी नगरपालिका गरी ४९ जनाकाे सहभागीता रहेकाे थियो । तालिममा जिल्ला स्तरमा गम्भीर घाइते बिरामीको व्यवस्थापनमा स्वास्थ्य व्यवसायीहरूलाई सिकाउन पाठ्यक्रम विकास गरिएको थियो । उक्त तालिमले स्वास्थ्य कर्मचारीहरूलाई  ट्रमा व्यवस्थापनमा ज्ञान र सीपहरू प्रदान गर्न , ट्रमा व्यवस्थापनमा क्लिनिकल प्राथमिकताहरू बुझ्न; द्रुत व्यवस्थित मूल्याङ्कन गर्न सक्षम हुने  सीमित स्रोतहरूको वातावरणमा ट्रमाका बिरामीहरूलाई स्थिर गर्न र परिदृश्य कृत्रिम घटना अभ्यास  द्वारा पुनरुत्थानको समयमा टोली कार्य अवधारणाकाे विकास गर्ने छ।

सहभागीहरूले तालिमले ट्रमा व्यवस्थापनका लागि बहु-अनुशासनात्मक टोली दृष्टिकोणको महत्त्व, आवश्यकता र समन्वयको भुमिका महत्वपूर्ण रहेकाे बताए। विद्यमान ज्ञान र सीपहरूलाई बलियो बनाउने ट्रमा व्यवस्थापनको लागि प्रोटोकल जान्न र बुझ्न पाउँदा आफुहरू खुसी भएकाे बताए।

तालिमको समापन बोल्दै नलगाड नगरपालिकाका कार्यवहाक नगर प्रमुख कौशि बहादुर विष्टले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाइ विशेष ध्यान दिने र ट्रमा ‍व्यवस्थापनका लागि बजेट  छुट्याउन पहल गरिने बताए । भेरी नगरपालिकाका नगर उप प्रमुख सिता जैसीले आउदो आर्थिक वर्षमा ट्रमा व्यवस्थापनकाका लागि चाहिने अति आवश्यक सामाग्री र बजेटको लागि  नगर स्वास्थ्य शाखाले योजना बनाइ सामाजिक विकास समिति माफर्त योजना  पेश गर्न र आगामी नगर सभामा लैजाने र बजेट छुट्याउने प्रतिवद्दता जनाइन ।  यस्तै समापान कार्यक्रममा बाेल्दै पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका कार्यवहाक अध्यक्ष  आशा कार्कीले संस्थाले स्थानीय सरकार संग सहकार्य र समन्वय गरेर निरन्तर  अगाडी बढने र यस्ता कार्यक्रमहरु निरन्तरता बताइन ।

३ फाल्गुन २०८०, बिहीबार १९:०४ मा प्रकाशित
Nabintech