१५ बैशाख २०८१, शनिबार

माेटरसाइकल दुर्घटनामा एककाे मृत्यु, एकजना गम्भीर घाइते

कर्णाली अपडेट

जाजरकोट । सुर्खेत सिम्ता गाउँपालिका वडा नं ६ काे जामुने वजारमा वेलुकि ६:३० बजेकाे समयमा माेटरसाइकल र ट्याक्टर एक आपसमा ठाेकिदा वाइकमा सवार सुर्खेतकाे विरेन्द्र नगरपालिका वडा ३ निवासी वर्ष २९ का विजय रानाकाे घटना स्थलमै मृत्यु भएको छ ।

सुर्खेतबाट जाजरकोट तर्फ आउदै गरेको बा ९५ प ५२९६ नम्बरको बुलेट मोटरसाइकल र जामुने वजार देखि राकम तर्फ जादै गरेको भे १ त ४५ नम्बरकाे ट्याक्टर बिच बजारमै एक आपसमा ठाेकिएको स्थानीय  दुर्गा विसीले बताए ।

माेटरसाइकल चालक विरेन्द्र नगरपालिका १ निवासी वर्ष २३ का रुपेश गिरीकाे अवस्था भने चिन्ताजनक रहेको प्रहरीले बताएको छ । घाइते गिरीलाई थप उपचारका लागि सुर्खेत लगिएको छ । ट्याक्टर , ट्याक्टर चालक भने प्रहरी नियन्त्रणमा रहेको जनाएको छ ।

१३ फाल्गुन २०८०, आईतवार २०:२६ मा प्रकाशित
Nabintech