१५ बैशाख २०८१, शनिबार

सुख्खा पहिरोले ४ पालिकाको यातायात पूर्णरुपमा ठप्प

कर्णाली अपडेट

जाजरकोट । सोमबार विहान गएको सुख्खा पहिरोले पश्चिम जाजरकोटको सडक अबरुद्ध भएको छ । सडक भन्दा माथिबाट आएको सुख्खा पहिरोले सडक अबरुद्ध गरेको हो ।
शिवालय गाउँपालिका– १ को मोर्क बजार र सालतराको बीच भागमा विहान ६ बजेतिर माथिबाट आएको सुख्खा पहिरोले पश्चिम जाजरकोटको सडक पूर्णरुपले अबरुद्ध भएको स्थानीय पूर्ण समीर महताराले बताए । महताराका अनुसार पहिरो गएको ६ घण्टाको समय वितिसक्दा पनि पहिरो हटाएर यायातका साधनहरु संचालनमा ल्यान सकिएको छैन ।

उक्त पहिरोबाट अबरुद्ध भएको सडकमा मोटर साईकल, जीप, गाडी, ट्रक लगाएतका कुनैपनि यातायातका साधनहरु संचालनमा आउन सकेका छैनन् । सडक अबरुद्ध भएपछि पश्चिम जाजरकोटमा रहेको शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, जुनीचाँदे गाउँपालिका र कुशे गाउँपालिकाका नागरिकहरुको आवागमन अबरुद्ध भएको छ । चार वटा पालिकाबाट जिल्ला सदरमुकाम खलंगा, नेपालगञ्ज, सुर्खेत, काठमाडौं लगाएतका स्थानमा जाने यात्रुहरु प्रभावित भएका छन् ।

पहिरोले गर्दा पश्चिम जाजरकोटको मोर्क, खारा, मनघाट, थलह, बाटुल्या लगाएतका बजारमा दैनिक ढुवानी गरिने खाद्यन्न, लत्ताकपडा लगाएतका दैनिक उपभोग्य बस्तु, सिमेन्ट, सरिया लगाएतका निर्माण सामाग्री ढुवानी गर्न असर परेको छ । पहिरो हटाउन अहिलेसम्म सुरक्षा निकाय नपुगेपनि सोही पालिकाका वडा अध्यक्ष नर बहादुर रानाले डोजरको व्यवस्था गरेको बाटो खुलाउने प्रयास भैरहेको र पूर्णरुपमा बाटो संचालनमा आउन कम्तिमा ६ घण्टा लाग्ने वडा अध्यक्ष रानाले बताए ।

सुख्खा पहिराे पछि अबरुद्ध बनेकाे पश्चिम जाजरकाेटकाे सडकखण्ड तस्विर : पूर्णसमिर महतारा

५ चैत्र २०८०, सोमबार १२:५४ मा प्रकाशित
Nabintech