१२ जेष्ठ २०८१, शनिबार

‘गदर २’ को पहिलो गीत ‘उड्जा काले कावा’ रिलिज

‘गदर’ २००१ मा रिलिज भएको थियो । २२ वर्षपछि फिल्मको सिक्वेल बनेको हो ।

कर्णाली अपडेट

सनी देओल र अमीषा पटेल अभिनित प्रतीक्षित फिल्म ‘गदर २’ को पहिलो गीत रिलिज भएको छ । निर्माण युनिटले फिल्मको २२ वर्षपछि गीत ‘उड्जा काले कावा’ नयाँ भर्सनमा ल्याएको हो । गीतमा एक पटक फेरि सनी र अमीषाको केमिस्ट्री समेटिएको छ ।

यस अगाडि यो गीत फिल्मको पहिलो पार्ट ‘गदर’ समेत राखिएको थियो । गीतमा सनी र अमीषा पुरानै लुक्समा देखिएका छन् । ‘गदर’ २००१ मा रिलिज भएको थियो । २२ वर्षपछि फिल्मको सिक्वेल बनेको हो । फिल्म गदरमा सनी देओल तारा सिंहको भूमिकामा थिए, भने अमीषा पाकिस्तानी महिला सकीनाको भूमिकामा थिइन् । फिल्म गदर बक्स अफिसमा हिट भएको थियो ।

‘गदर २’का निर्देशक अनिल शर्मा हुन् । जसले गदर समेत निर्देशन गरेका थिए । फिल्ममा सनी, अमीषाको अलवा उत्कर्ष शर्मा, सिमरत कौर, लव सिन्हा, मनीष वाधवा र गौरव चोपडाको मुख्य भूमिका छ ।

२९ असार २०८०, शुक्रबार २०:२८ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्