१७ बैशाख २०८१, सोमबार

जाजरकोट केन्द्रविन्दु बनाएर गयाे भूकम्प

कर्णाली अपडेट

जाजरकाेट। जाजरकोट केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। आज दिउँसो ३.१६ बजे जाजरकोटको बाटुले बजार केन्द्र बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भुकम्पको धक्का त्यस आसपासका क्षेत्रमा पनि महसुस गरिएको जनाएको छ। यसअघि आज बिहान ३:५३ बजे पनि बाजुराको बाह्रबिसे केन्द्र बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

३० चैत्र २०८०, शुक्रबार १८:५९ मा प्रकाशित
Nabintech