१८ बैशाख २०८१, मंगलवार

स्वीस सरकारकाे सहयाेगमा भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा सीप तथा पुन:निर्माण परियोजना सचांलन

कर्णाली अपडेट

जाजरकोट । भूकम्प प्रभावित क्षेत्र जाजरकाेट र रूकुम पश्चिममा स्वीस सरकारकाे सहयाेगमा सीप तथा पुन:निर्माण परियोजना सचांलन भएकाे छ । गत कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्र बनाएर गएको भूकम्पले स्थानिय समुदायमा भूकम्प प्रतिरोधि भवन निर्माण सम्बन्धि सीप तथा ज्ञान अभिवृद्धि गर्न आवश्यक  देखिएकाेले जाजरकाेट र रूकुम पश्चिममा सरकारी प्रयासलाई सहयाेग पुर्याउन स्वीस सरकारले उक्त परियोजना सचांलन गरेकाे हाे । यस कार्यक्रमले पुन:निर्माणमा लैङ्गिक सचेतना तथा समावेशिता सहित बिना भेदभाव सहयोग पुर्याउने छ ।

जाजरकोट तथा रूकुम पश्चिमका भूकम्पबाट अति प्रभावित गाउँ पालिका तथा नगरपालिका क्षेत्रमा सचांलन हुने यस कार्यक्रमले भूकम्प प्रतिरोधि भवन निर्माण सम्बन्धि पाँच सय जनाको लागि लेभल –१ तह को तालिम संचालन गरि भूकम्प प्रभावित क्षेत्रमा पुन:निर्माणको लागि आवश्यक दक्ष जनशक्ती समेत उपलब्ध हुने छ ।

साथै कार्यक्रमले भुकम्पबाट क्षति ग्रस्त सार्बजनिक पूर्बाधारहरूको पुन:निर्माणमा योगदान गर्न जाजरकोटको भेरी नगर पालिका र नलगाड नगर पालिका तथा रूकुम पश्चिमको आठविसकोट नगरपालिका तथा सानीभेरी गाउपालिकामा १÷१ वटा विद्यालय भवन तथा स्वास्थ्य चौकी भवन पुन:निर्माण गर्नेछ। भौतिक पूर्बाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेशकोे समन्वयमा सचांलन हुने कार्यक्रमको कार्यान्वयन स्थानीय सरकारहरूको समन्वयमा हुनेछ ।

भूकम्प प्रतिरोधि भवन निर्माणमा दक्ष जनशक्ति निर्माण गर्न सचांलन गरिने तह–१ तालिम कर्णाली प्रदेशमै पहिलो पटक सचांलन गरिएको परियोजनाका टिम लिडर दिनेश पाण्डेले बताए । तालिमको शुभारम्भ गत हप्ता भेरि नगरपालिका १ पिपेबाट नगर प्रमुख चन्द्र प्रकाश घर्तीले गरेका थिए भने आज नलगाड नगरपालिकाको वडा नं १ र वडा नं ३ मा गरिएको छ । यो तालिममा भूकम्पबाट प्रभावित क्षेत्रका २० जना युवाहरू सहभागी हुने छन् । तालिमको क्रममा भूकम्पबाट प्रभावित गरिव तथा पछाडिपरेको समुदायको लागि २ कोठे घरसमेत तयार हुने छ । यस तालिमले स्थानिय युवाहरूमा रोजगारिको सिर्जना गर्नुका साथै भूकम्प प्रभावित क्षेत्रमा गरिने पुन:निर्माणकाे आवश्यक दक्ष जनशक्ति समेत उपलब्ध हुने छ ।

५ बैशाख २०८१, बुधबार १८:४९ मा प्रकाशित
Nabintech