२४ पुष २०८२, बिहीबार

जाजरकोटका नविन शाहीसहित रुसी सेनामा कार्यरत ७ नेपालीको मृत्यु

कर्णाली अपडेट

जाजरकोट । रुसी सेनामा कार्यरत जाजरकोटका नविन शाहीसहित ७ जना नेपालीको मृत्यु भएको छ । जाजरकोटको शिवालय गाउँपालिकाका शाहीसहित रूसी सेनामा भर्ती भएका ७ जना नेपालीहरुको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मृत्युहुनेमा जाजरकोटका नविन शाही, बाँकेका संजय केसी, बागलुङका जित बहादुर विक, धादिङ्गका पूर्ण बहादुर गुरुङ, रसुवाका सुन्दर मोक्तान, उदयपुरका पदम बहादुर घिमिरे र झापाका गंगाराम अधिकारी रहेका छन ।

मित्र राष्ट्रहरुको राष्ट्रिय सेनामा बाहेक अन्य देशको सेनामा नेपाली नागरीक भर्ती हुन नपाइने प्रावधान रहेकोले स्वदेश फर्काउन कूटनीतिक प्रयास भएरहेका बेला रुसमा थप नेपाली नागरिकको निधन भएको प्रति सरकारले दुख व्यक्त गरेको छ ।

सरकारले ज्यान गुमाएका नेपाली नागरिकहरुका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारका साथै त्यहाँ कार्यरत नेपालीहरुलाई फिर्ता पठाउन रुसलाई आग्रह गरेको छ ।

१ चैत्र २०८०, बिहीबार २०:४९ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्