२३ कार्तिक २०८२, शनिबार

तरूणदलको ७२ औं स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

कर्णाली अपडेट

जाजरकोट । नेपाल तरूणदलको ७२ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल जाजरकोटका बिरामीलाई फलफूल वितरण तथा अस्पताल परिसरमा सरसफाइ गरेर मनाइएको छ ।

तरूणदल नेपालका केन्द्रिय सदस्य रमेश चन्दको प्रमुख आथित्यतामा अस्पताल परिसर भित्र सरसफाइ तथा बिरामीलाई फलफूल वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा तरूणदल जाजरकोटका अध्यक्ष लोकेन्द्र चन्द, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य निराजन विक्रम शाही, जिल्ला सभापति अनिश कुमार कार्की, जिल्ला अस्ताल प्रमुख डा. सुनिल पुन लगाएतको विशेष उपस्थिती रहेको जिल्ला कार्यसमिति अध्यक्ष लोकेन्द्र चन्दले बताउनु भयो ।

१० कार्तिक २०८१, शनिबार ११:१८ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्