जाजरकोट । नेपाल किसान महासङ्घ जाजरकोटको अध्यक्षमा मान बहादुर सिंह निर्वाचित भएका छन् ।
जाजरकोट खलङ्गामा आज बिहीबार नेपाली काङ्ग्रेस जाजरकोटको पार्टी कार्यालयमा भएको जिल्ला अधिवेशनबाट मान बहादुर सिंहको नेतृत्वमा १८ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको हो । त्यसै गरी उपाध्यक्षमा डन्डवीर डाँगी र पदम बहादुर खत्री, सचिवमा भिमे ज्योति र लाल बहादुर महतारा, सह सचिवमा धानिराम बानियाँ, कोषाध्यक्षमा सुबिन आर.सी निर्वाचित भएका छन् ।
सदस्यहरूमा कौशिला बस्नेत, प्रेमकला राना, गोपाल रावत, धन बहादुर बुढा, गङ्गा सिंह, मनकला नेपाली, ओम बहादुर खत्री, तलु सिंह, महेन्द्र रावल, शक्ति बहादुर वली र अम्बिका सिंह तथा केन्द्रीय प्रतिनिधिमा कृति बहादुर थापा,भीम बहादुर सिंह र सुशीला शाही, प्रदेश प्रतिनिधि (क)मा भागवत शर्मा,जय बहादुर शाही, ईन्द्रा सिंह र रत्न बहादुर सिंह प्रदेश प्रतिनिधि (ख) भीम बहादुर शाही निर्वाचित भएको नेपाली काङ्ग्रेस जाजरकोटका सह सचिव तथा पार्टी प्रवक्ता छवि पन्तले बताए ।
८ फाल्गुन २०८१, बिहीबार १९:५७ मा प्रकाशित