१२ श्रावण २०८१, शनिबार

वल्र्ड भिजनबाट भुकुम्प प्रभावित एक हजार घरधुरीलाई राहत

भिम खड्का

जाजरकोट । वल्र्ड भिजन ईन्टरनेशलन नेपाल र पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटको साँझेदारीमा भेरी नगरपालिका र नलगाड नगरपालिकामा पहिलो चरणमा एक हजार घरधुरीलाई करिब पन्ध्र हजार पाँच सय बराबरको राहत सामाग्री वितरण गरिएको छ ।
जाजरकोटमा भुकुम्प प्रभावित एक हजार घरधुरीलाई प्रति घर परीवार १५ हजार पाँच सय भन्दा बढीको त्रिपाल, कम्मल, भाडाहरु र खाद्य सामाग्री वितरण गरिएको छ ।


कार्तिक १७ गते गएको भुकुम्पबाट प्रभावितलाई पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र वल्र्ड भिजन ईन्टरनेश्नल नेपाल बाट भेरी नगरपालिका वडा नं. ८ र १०, नलगाड नगरपालिका वडा नं. १, २, ३, ४ र ५ वडाहरुमा मृत्यक परिवार, पुर्णघर भत्कीएका र आधा भत्कीएका, चरकिएका घरहरुलाई पहिलो चरणमा सहयोग सामाग्री वितरण गरीएको पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका अध्यक्ष छवि पन्तले बताउनु भयो ।


प्रभावित घरपरीवारमा १२÷१८ त्रिपाल २ वटा, कम्बल सानो २ वटा, डोरी ४० मिटर, सानो सोलर १ वटा, चामल २५ के.जी, नुन १ के.जी, दाल ३ के.जी, चिनी १ के.जी, डेक्ची ३ वटा, थाली २ वटा, एक थान डाडु पनिउ प्रति घर १५ हजार ५ सय बराबरको सामान जिल्ला बिपत ब्यवस्थापन समिति, पालिका बिपद ब्यवस्थापन समितिको सिफारीसमा सम्बन्धीत वडा कार्यालयबाट प्रभावित घरधुरीमा सम्बन्धीत वडा कार्यालय सम्म ढुवानी खर्च संस्थाले ब्यहोर्ने गरी बितरण गरीएको थियो ।

भुकुम्पको प्रभावसँगै बालबालिका, सुत्केरी महिला, अपागं ब्यक्तीहरुको दैनिकमा हरेक दिन समस्या बढ्दै गएकोले राहात स्वरुप सहयोग गरिएको संस्थाले जानकारी दिएको छ ।

एक हजार घरपरीवारलाई जिल्ला विपत ब्यवस्थापनको समन्वयमा वडा कार्यालय मार्फत र जिल्ला विपत ब्यवस्थापनको शिविरमा आवश्यकताको आधारमा वितरण गर्ने गरी ३ सय ६७ त्रिपाल, पाँच सय पि फर्म, डोरी रोल ३ सय ६७ वितरण गरिएकाे संस्थाले जनाएको छ ।

१० मंसिर २०८०, आईतवार २०:२२ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्