६ जेष्ठ २०८१, आईतवार

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका खुल्यो तालाबन्दी

कर्णाली अपडेट

जाजरकोट | दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाको  शिक्षा, युवा तथा खेलकुद शाखा मा गत मंसीर १०  गते गरिएको तालाबन्दी खुलेको छ । नगरपालिकाको आयोजनामा सञ्चालन भएको राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता तथा नगर प्रमुख कपमा होटेल प्रयोग गरे बापतको रुपैयाँ नतिरेको भन्दै चामुण्डाका व्यवसायीले तालाबन्दी गरेका थिए ।

आर्थिक बर्ष ०७९।०८० मा भुक्तानी भै नगर खेलकुद समिति को खातामा मौज्दात रहेको करिब ८ लाख रुपैयाँ ५ दिन भित्र भुक्तानी दिने तथा बाकि रहेको रकम १ महिना भित्र भुक्तानी गर्ने सहमति भै ताला खोलिएको छ । बार्तामा नगर प्रमुख गणेश कुमार शाही ,उपप्रमुख मनसरा रेग्मी, प्रमुख प्रशासकिय अधिकृत श्याम रावत , जिल्ला खेलकुद बिकास समिति का सदस्य सचिब भुपेन्द्र शाही, होटल ब्याबसायि, सन्चारकर्मी, सुरक्षा कर्मी को उपस्थिति रहेको थियो ।

१२ मंसिर २०८०, मंगलवार १६:५६ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्