१२ श्रावण २०८१, शनिबार

जाजरकोट भुकम्प पिडितलाई जापानमा रहेका नेपालीकाे सहयोग

कर्णाली अपडेट

जाजरकोट । जापानमा रहेका नेपालीहरुले जाजरकोटका भुकम्प पडितलाई राहत सामाग्री सहयोग गरेका छन् । जाजरकोट घर भई हाल जापानमा बस्दै आएका धिराज आरसीको पहलमा जापानमा रहेका नेपालीहरुले जम्मा गरेको १ लाख जापानी रुपैयाँ (नेपाली ८७ हजार १ सय) रुपैयाँ भुकम्प पिडितका लागि सहयोग गरिएको हो । उक्त रकमबाट जाजरकोटको नलगाड नगरपालिका वडा नं ६ भारगाउँका करिव ४० जना वृद्धवृद्धालाई न्यानो जकेट वितरण गरिएको हो । राहतका लागि रकम संकलन गर्ने व्यक्तिहरुको नामावली यसप्रकार रहेको छ ।
श्रीधर डाँगी १० हजार, शिभोम श्रेष्ठ १० हजार, सञ्जिव भण्डारी २ हजार, उत्सव सिलुवाल २ हजार, राज शर्मा ५ हजार, निलुशा राई ५ हजार १ सय, रिया थारु ५ हजार, अश्मिता पौडेल ७ हजार, राज कुमार गुरुङ्ग ३ हजार, सोमकाजी गरुङ्ग १० हजार, ढलबहादुर चौधरी १० हजार, दिनेश अर्याल १० हजार र धिराज आरसीले २१ हजार जापानी रुपैयाँ सहयोग गर्नुभएको थियो ।

२८ मंसिर २०८०, बिहीबार ११:४६ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्