१२ श्रावण २०८१, शनिबार

भूकम्पका प्रभावित क्षेत्र जाजरकोटमा विशेष खोप अभियान सञ्चालन

सराेज वली

जाजरकाेट । गत कात्तिक १७ गते राती गएको भूकम्पका कारण प्रभावित क्षेत्र जाजरकोटमा आज देखि विशेष खोप अभियान सञ्चालन भएको छ । भूकम्पपछि आउनसक्ने सम्भावित स्वास्थ्य जोखिमलाई ख्याल गर्दै खोप कार्यक्रम संचालन गरिएको हो । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका कोल्ड चेन सुपरभाइजर शान्त बहादुर बुढाथोकीका अनुसार विशेष खोप अभियान अन्तर्गत ६ महिनादेखि १५ वर्षसम्मका लागी दादुरा रूवेला र १६ महिनादेखि ४५ बर्षसम्मका लागि टाइफाइडको खोप लगाइने छ ।

नियमित खोप कार्यक्रम कार्यतालिका अनुसार सञ्चालन हुने भएपनि यो विशेष खोप अभियान भएको बताउँदै कोल्ड चेन सुपरभाइजर शान्त बहादुर बुढाथोकीले भुकम्पबाट प्रभावित जाजरकोटका करिब १ लाख ५७ हजार ७ सय नागरिकलाई खोप लगाइने छ । यसका लागि जिल्लाभर ४ सय ७० खोपकेन्द्र तोकिएको छ । खोप कार्यक्रम प्रभावित क्षेत्रका सामुदायिक विद्यालय, यसअघिका खोप केन्द्र र स्थानीयलाई पायक पर्ने ठाउँ तथा अन्तिम दिनमा छुटेकाहरूको लागि सम्बन्धित स्वास्थ्य संस्थामा खोप कार्यक्रम सञ्चालन हुनेछ ।

५ पुष २०८०, बिहीबार ११:१४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्