२२ कार्तिक २०८२, शुक्रबार

सरकारी / सार्वजनिक जग्गा र बन अतिक्रमण गरि बनाइएका घरटहरा हटाइने ( लिष्ट सहित )

सराेज वली

जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटले सरकारी÷सार्वजनिक जग्गा र बन अतिक्रमण गरि बनाइएका घरटहरा हटाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटले एक सूचना जारि गर्दे त्यसरी बनेका अवैध संरचना हटाउनका लागि सम्वन्धित व्यक्तीलाई ३५ दिनको समय दिएको छ । सो समय भित्र पनि नहटाएमा स्थानीय प्रशासन ऐन, २०२८ र प्रचलित कानूनले दिएको अधिकार प्रयोेग गरि उक्त घर टहराहरु हटाई सो हटाउँदा लागेको खर्च समेत कानून बमोजिम सम्वन्धित घर घरटहरा धनिवाट असुल उपर गरिने पनि सूचनामा उल्लेख गरिएको छ ।

विषेश गरि भेरी नगरपालिका ३ र ४ का सरकारी÷सार्वजनिक जग्गा अतिक्रमित गरी बनेका घर टहराहरु ठाँटी चोक सडकका क्षेत्रमा अतिक्रमित जग्गा, हनुमान प्रा.वि देखि थाप्ले जाने मुल बाटो क्षेत्रमा अतिक्रमित जग्गा, वटुक भैरवको नाममा दर्ता भएको जग्गामा अतिक्रमित गरी बनेका निजि घरटहरा, शान्ति चोक देखि थाप्ले जाने सडक बीचमा रहेको अतिक्रमित जग्गा, डोल्पा सडक खण्डमा जोडिएको भेटेनरी लाईनका अतिक्रमित जग्गा, बाग्लुङ्ग होटल देखि ठाँटी सम्मका अतिक्रमित जग्गा, रानागाउँमा अतिक्रमित जग्गा र न्यूरोड हुदैं तल्लो थाप्ले सम्मका अतिक्रमित जग्गामा बनेको घर टहरा हटाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।

 

 

२० फाल्गुन २०८०, आईतवार १६:५२ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्