१२ श्रावण २०८१, शनिबार

भेरी नगरपालिकामा स्थानीय आपतकालिन केन्द्रकाे स्थापना

कर्णाली अपडेट

जाजरकोट । भेरी नगरपालिकाले स्थानीय आपतकालीन केन्द्र स्थापना गरेको छ । गोर्खा वेल्फेर ट्रष्ट, नेपालको सहयोगमा नगरपालिकाले स्थानीय आपतकालीन केन्द्र स्थापना गरेको हो ।

थाप्लेचौर स्थित नगरपालिकाको प्रशासनिक भवनको तल्लो तलामा केन्द्रको स्थापना गरिएको नगरप्रमुख सिपी घर्तीले जानकारी दिए । नगरप्रमुख घर्तीका अनुसार गोर्खा वेल्फेर ट्रष्ट, नेपालले आपतकालिन अवस्थामा आवश्यक विभिन्न सामाग्रीहरु समेत सहयोग गरेको छ । ट्रष्टले बाढी, पहिरो, आगलागी लगायतका प्रकोपहरुको उद्धारमा काम लाग्ने करीब ५ लाख बराबरको समान नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

त्यस्तै ट्रष्टले नगर तथा वडा स्तरिय विपद व्यवस्थापन योजना समेत निर्माण गरेर नगरपालिकालाई हस्तान्तरण गरेको छ । नगरपालिकाका विभिन्न वडामा खानेपानी योजना लगायतका भौतिक पूर्वाधारका क्षेत्रमा समेत सहयोग गरेको भन्दै नगरप्रमुख घर्तीले गोर्खा वेल्फेर ट्रष्ट, नेपाललाई धन्यवाद दिए ।

ट्रष्टले भौतिक पूर्वाधार संगै नीतिगत रुपमा पनि नगरपालिकालाई  महत्वपूर्ण सहयोग गरेको  नगरप्रमुख घर्तीले बताए ।

२३ फाल्गुन २०८०, बुधबार १७:४७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्