१२ श्रावण २०८१, शनिबार

डिभाइन युथ क्लवद्धारा १० जना विद्यार्थीलाइ छात्राबृति वितरण

कर्णाली अपडेट

जाजरकोट । डिभाइन युथ क्लव तथा राधा माधव समिति, जाजरकोटले कृपालु छात्रबृति वितरण गरेको छ ।

कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत १० जना विद्यार्थीहरुलाई डिभाइन युथ क्लवले छात्राबृति वितरण गरेको हो । शनिबार विहान एक कार्यक्रमको आयोजना गरेर जिल्ला सदरमुकाम खलंगामा ५ जना विद्यार्थीलाई छात्रवृति वितरण गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख कालि बहादुर खत्री, भेरी नगरपालिकाका उपप्रमुख सिता जैसी, भेरी नगरपालिका–३ का वडा अध्यक्ष लिला बहादुर शाह मार्फत डिभाइन युथ क्लव, जाजरकोटले त्रिभुवन माध्यामिक विद्यालय, खलंगामा अध्ययनरत ५ जना विद्यार्थीलाई कृपालु छात्राबृति हस्तान्तरण् गरेको थियो । ९ कक्षामा अध्ययनरत भेरी नगरपालिका–२ की धनमाया खड्का, ११ कक्षामा अध्ययनरत अमृता वली, ११ कक्षामा अध्ययनरत किरण बुढा, ११ कक्षामा अध्ययनरत भेरी नगरपालिका–१ की सुनिता रेग्मी, ११ कक्षामा अध्ययनरत बारेकोट गाउँपालिका–५ का हिक्मत बस्नेतलाई सनिबार कृपालु छात्रावृति हस्तान्तरण गरिएको थियो ।

क्लवमा आबद्ध सदस्यहरुले उठाएर १० लाख जम्मा गर्नुको साथै उक्त रकमको अक्ष्यकोष स्थापना गरी जेहेन्दार विद्यार्थीलाइ छात्रबृति वितरण गर्ने कार्यक्रमको सुरुवात गरेको राधा माधव समिति, जाजरकोट सल्लाहकार ओम प्रकास राठौरले जानकारी दिए । ९ कक्षामा छनौट भएका विद्यार्थीलाइ निरन्तर रुपमा कक्षा १२ सम्मको पढाइ पुरा गर्दासम्म कृपालु छात्रबृति प्रदान गरिने सल्लाहकार राठौरले भनाई राखेका थिए ।

आर्थिक अभावले बीचमै पढाइ छोड्ने विद्यार्थीहरुको संख्यालाई घटाउन डिभाइन युथ क्लव तथा राधा माधव समितिले उक्त छात्रबृति कार्यक्रम संचालनमा ल्याएको राठौरले बताएका थिए । प्रति विद्यार्थीलाइ ७ हजार ५०० नगद छात्रबृति वितरण गरिएको जानकारी दिदै राधा माधव समिति, जाजरकोट संयोजक नारायणी शाहले छनौट भएका विद्यार्थीहरुलाई छ–छ महिनामा छात्रबृति स्वरुप नगद प्रदान गरिने भनाई राखेकी थिइन् । संयोजक शाहले पहिलो चरणमा त्रिभुवन मावि खलंगामा अध्ययनरत ५ जना र विरेन्द्र ऐश्वर्य मावि लिम्सामा अध्ययनरत ५ जना गरि जम्मा १० जना विद्यार्थीलाई उक्त छात्रबृति प्रदान गरिएको बताईन् । डिभाइन युथ क्लवले आगामी दिनमा अक्ष्यकोषको अंकलाई बढाउनुको साथै छात्रबृति प्राप्त गर्ने विद्यार्थीहरुको संख्या पनि वृद्धि गर्ने कार्यक्रम रहेको संयोजक शाहले भनाइ राखेकी थिइन् । बीरेन्द्र ऐश्वर्य मावि लिम्सामा कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययन गर्ने ५ जना विद्यार्थीलाई सुक्रबारनै कृपालु छात्रबृति वितरण गरिएको संयोजक शाहले बताईन् ।

गत कातिक १७ गते मध्ये राति भुकम्प गए लगतै खोज तथा उद्धार कार्यमा सक्रिय रहेको राधा माधव समिति, जाजरकोटले भेरी नगरपालिका–३ माथिल्लो थाप्लेमा भुकम्प पीडितहरुलाई भोजन गराएको थियो । एक हप्ताको समयसम्म भोजन गराएको राधा माधव समितिसंग दैनिक भोजन गर्नेको संख्या दैनिक ५०० भन्दा बढि रहेको थियो ।

समितिले नलगाड नगरपालिका–१२ तल्लुबगरमा भुकम्प पीडितहरुको लागि निशुल्क स्वास्थ्य शिवीर संचालन गरेको थियो । गत मंसिर महिनामा संचालन गरिएको निशुल्क स्वास्थ्य शिवीरमा जनरल फिजोसेन, हाडजोर्नी, दन्त रोग, निमोनिया, फिजोथेरापी लगाएतका स्वास्थ्य सेवा प्रदान गरिएको थियो । १ हजार ४०० जनाले सेवा लिएको स्वास्थ्य उक्त शिविरमा समितिले निशुल्क औषधि वितरण गरेको थियो । तल्लुबगरमै १५० जना सुत्केरी महिलालाई समितिले न्यानो कपडा वितरण गरेको थियो ।

नलगाड नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत एक हजार बढि भुकम्प पिडित बालबालिकालाई सुइटर, झोला लगाएतका न्यानो कपडाका साथै शैक्षिक सामाग्री वितरण गरिएको राधा माधव समिति, जाजरकोटले जनाएको छ ।

६ जेष्ठ २०८१, आईतवार ११:२९ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्