१२ श्रावण २०८१, शनिबार

सात प्रदेशलाई सात आर्थिक हब बनाउने घोषणा

कर्णाली अपडेट

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आउँदो आर्थिक वर्षमा प्रत्येक प्रदेशलाई फरक आर्थिक हबका रूपमा विकास गर्ने घोषणा गरेका छन् ।

मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्बजनिक गर्दै अर्थमन्त्री पुनले सात प्रदेशलाई फरक फरक आर्थिक हब बनाउने घोषणा गरेका हुन् ।

उनले कोशी प्रदेशलाई उद्योग, मधेस प्रदेशलाई कृषि, वाग्मती प्रदेशलाई सूचना प्रविधि, गण्डकी प्रदेशलाई पर्यटन, लुम्बिनी प्रदेशलाई साना तथा मझौला उद्यम, कर्णाली प्रदेह्सलाई जडीबुटी र सुदूरपश्चिम प्रदेशलाई धार्मिक पर्यटन आर्थिक हब बनाइने घोषणा गरेका हुन् ।

१५ जेष्ठ २०८१, मंगलवार १६:१२ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्