२३ भाद्र २०८१, आईतवार

जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता

कर्णाली अपडेट संवाददाता

जाजरकाेट। जाजरकोटमा खोलाले बगाउँदा एक जना बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बारेकोट गाउँपालिका-३ बुढागाउँका भक्त बहादुर बुढाका १३ वर्षीय छोरा महेन्द्र बुढा रहेका छन् ।

बिहीबार दिउँसो ३ बजे गाई बस्तु चराउन गएको बेला स्याली खोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । बेपत्ता बालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

४ श्रावण २०८१, शुक्रबार ०८:२८ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्