६ माघ २०८२, सोमबार

आसन्न निर्वाचन: जाजरकोट कांग्रेसले तीन तहका उम्मेदवारको नाम सिफारिस गर्‍यो

कर्णाली अपडेट

जाजरकोट । नेपाली कांग्रेस जिल्ला कार्य समिति जाजरकोटले आसन्न निर्वाचनमा सहभागी हुने आकाङ्क्षी उम्मेदवारहरूको नाम केन्द्रिय कार्यसमितिमा सिफारिस गरेको छ।

पार्टी प्रवक्ता छवि पन्तका अनुसार प्रतिनिधि सभा प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गरिएको छ, जसमा खड्ग बहादुर बुढा, मैना कार्की, मुक्ति प्रसाद आचार्य, महेन्द्र बहादुर शाह र रामजंग शाह रहेका छन् ।

त्यसैगरी प्रतिनिधि सभा समानुपातिकतर्फ रामछाया शाही, हजारी नेपाली बादी, भूमिलाल रोकाया, जनक बादी र बिष्णु गिरी को नाम सिफारिस गरिएको छ।

राष्ट्रिय सभातर्फ भने दीपकजंग शाह, खम्बजंग शाह र गीता नेपाली को नाम सिफारिस गरिएको छ।

स्थानीय तहदेखि केन्द्रसम्मको समन्वयमा पार्टीलाई अझ सशक्त बनाउँदै चुनावी प्रतिस्पर्धामा उत्कृष्ट परिणाम ल्याउने लक्ष्यसहित यो सिफारिस गरिएको पार्टीले जनाएको छ।

२६ मंसिर २०८२, बिहीबार १९:३४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्