६ मंसिर २०८१, बिहीबार

जाजरकोटमा दुई छुट्टाछुट्टै दुर्घटना २० घाइते

९ को अवस्था गम्भिर थप उपचारका लागि सुर्खेत लगियो

सरोज वली

जाजरकोट । जाजरकोटमा भएका दुईवटा छुट्टाछुट्टै सवारी दुर्घटनामा २० जना यात्रु घाइते भएका छन् । भेरी नगरपालिका-७ स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको मिनीबस आज बिहान साढे ११ बजे दुर्घटना भएको हो ।

मिनीबस मध्यपहाडी राजमार्ग अन्तर्गत कुदुको जिरो प्वाइट नजिक सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा १० बालबालिकासहित १७ जना घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका ९ जनालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

यस्तै बारेकोट गाउँपालिकाको लिम्साबाट जिल्ला सदरमुकाम खलंगा आउँदै गरेको घ १ ज ५९५ नम्बरको जिप नलगाड नगरपालिका-४ बाउसेखोला नजिक दुर्घटना भएको छ । उक्त दुर्घटनामा ३ जना यात्रु घाइते भएका छन् ।

जिपमा सवार ७ जना मध्ये गम्भीर चोट लागेका ३ जना मध्य एक जनालाइ थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत र अन्य दुइ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भैरहेको डिएसपी पुरूषोत्तम प्रसाद पाण्डेले बताउनु भयो । घाइते तीनै जना बारेकोट गाउँपालिका २ लिम्साका रहेका छन् ।

२६ कार्तिक २०८१, सोमबार १५:४२ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्