१२ श्रावण २०८१, शनिबार

गायक योगेश वैद्यको निधन

कर्णाली अपडेट

काठमाडौं : गायक योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको  छ। गएराति साढे १२ बजेतिर उनको निधन भएको परिवारले जानकारी दिएको छ।

बेलुकी स्वास्थ्यमा समस्या आएपछि उनलाई  सुन्धारास्थित काठमाडौं भ्याली अस्पताल लगिएको थियो। त्यहीँ उनको निधन भएको हो। उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए।

सुगम संगीतमा उनको वेग्लै प्रतिष्ठा रहेको साहित्यकार तथा अध्येता प्रकाश सायमीले बताए। उनका अनुसार वैद्य  बौद्धिक कलाकारका रूपमा  चिनिन्छन्।संगीतका साथै उनी तीन दशकभन्दा लामो समय सरकारी सेवामा रहेका थिए।  उनले २०६१ मा सहसचिव पदबाट अवकाश लिएका हुन्।

उनका ‘सपना भुलाइ सारा आँसु पिएर जाऊ, ‘आखैँमा रात गले, बाटोमा हुरी चले’, ‘मेरो आँसुमा नहाँसे घायल यो दिल के हाँस्थ्यो’ नेपाल मेरो तिमीलाई लगायतका गीत चर्चित छन्। उनी नेपाल भाषाका पनि थुप्रै गीत गाएका थिए।

पशुपति आर्यघाट शुक्रबार उनको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ। उनका दुई छोरी र एक छोरा छन्।

५ माघ २०८०, शुक्रबार ०८:३७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्