१८ मंसिर २०८१, मंगलवार

जाजरकोटबाट ८ करोड बढिको खाद्यान्न निर्यात

कर्णाली अपडेट

जाजरकोट । जाजरकोटबाट करीब ८ करोड १६ लाख ६८ हजार रुपैयाँ बराबरको खाद्यान्न निर्यात भएकोे तथ्यांकले देखाएको छ ।

जिल्ला कृषि विकास कार्यालय जाजरकोटको तथ्यांकअनुसार चालु आर्थिक बर्ष २०८०/८१को पुष मसान्तसम्म जाजरकोटबाट आठ करोड ८ लाख ६८ हजार मूल्य बराबरको खाद्यान्न निर्यात भएको हो ।

चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म खाद्यान्न तर्फको मकै मात्रै ९५ लाख मूल्य बराबरको जिल्ला बाहिर निर्यात गरिएको कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले बताउनुभयो । विश्वकर्माको अनुसार ४५ लाख बराबरको तरकारी, २ करोड ४० लाख बराबरको घरेलु मह र ५० लाख भन्दा बढी भीर मौरीको मह विक्री वितरण भएको छ ।

यस्तै, जिल्ला बाहिर निर्यात हुनेमा ४८ हजार बराबरको कोदो, १ लाख ९० हजार बढीको मसुरो, ९० हजार बढीको मास, २४ लाख बढीको तिल निर्यात भएको विश्वकर्माले बताए । भटमास १२० मेट्रिक्टन उत्पादन भएको थियो । १ करोड २६ लाख बढी मूल्यको भटमास जिल्ला बाहिर गएको छ ।

१ करोड ५० लाख बढीको लसुन जिल्ला बाहिर निर्यात भएको कार्यालयको तथ्यांकमा छ । जिल्लामा विभिन्न खाद्य, तरकारी, फलफूल गरी ८ हजार ८५ मेट्रिक्टन खाद्यान्न उत्पादन भएको थियो । निर्यात हुने खाद्य तथा कृषि वस्तुको मुख्य बजार नेपालगञ्ज, सुर्खेत, चितवन, काठमाडौं, धनगढी, पोखरा, वीरगञ्ज लगायत सहर हुन् ।

१० माघ २०८०, बुधबार १९:४० मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्