१२ श्रावण २०८१, शनिबार

अपाङ्गता भएका व्यक्तिहरुको समावेशिता र पहुँच बारे बहु-सरोकारवालाहरुको समन्वय बैठक सम्पन्न

कर्णाली अपडेट

जाजरकोट । भेरी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको समावेशिता र पहुँच बारे बहु—सरोकारवालाहरुको समन्वय बैठक सम्पन्न भएकाे छ । पाँचतारा युवा संरक्षक मञ्च र ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनको साझेदारिमा भेरी नगरपालिकामा सञ्चालन भइरहेको अपाङ्गता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरुको शारीरिक पुर्नस्थापना तथा आर्थिक समावेशिता सेवामा पहुँच वृद्धि ९ब्ऋ–ट० कार्यक्रम अन्तरर्गत भेरी नगरपलिकामा अपाङ्गता भएका व्यक्तिहरुको समावेशिता र पहुँच बारे बहु—सरोकारवालाहरुको समन्वय बैठक सम्पन्न भयो पाँचतारा युवा संरक्षक मञ्चका परियोजना संयोजक गगन खड्काले बताए।

बहु सरोकारवालाहरुको समन्वय बैठक भेरी नगरपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना पहुँच वृद्धि कार्यक्रमको आर्थिक सहयोगमा बैठक सम्पन्न भएकाे हो । बैठकमा महिला, बालवालिका तथा जेष्ठ नागरिक शाखाद्धारा आर्थिक वर्ष २०७९÷ २०८१ मा भएका क्रियाकलापहरुको प्रगति तथा समिक्षा गरिएको थियो, सो प्रस्तुतिकरण महिला बालवालिका थता जेष्ठ नागरिक शाखाका शाखा प्रमुख विपना पौडेलले गरेकि थिइन । पाँचतारा युवा संरक्षक मञ्च र ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनको साझेदारिमा भेरी र नलगाड नगरपालिकामा सञ्चालन भएका क्रियाकलापहरुको प्रगति तथा समिक्षा गरिएको थियो सो प्रस्तुतिकरण पहुँच कार्यक्रमका परियोजना संयोजक गगन खड्काले गरेका थिए । त्यसै गरी अपाङ्गता, अपाङ्गता समावेशीकरण र पहुँच सम्बन्धि छलफल पनि गरिएको थियो सो प्रस्तुतिकरण ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनका कार्यक्रम व्यबस्थापक महेन्द्र विक्रम शाहले गरेका थिए ।

बैठकको अध्यक्षता भेरी नगरपालिकाका नगर उप प्रमुख तथा अपाङ्गगता भएका भएको व्यक्तिको परिचय पत्र वितरण समन्वय समितिका संयोजक सिता जैसीले गरेकि थिइन । बैठमा अपाङ्गगता भएका भएको व्यक्तिको परिचय पत्र वितरण समन्वय समितिका सदस्यहरु भेरी नगरपालिकाका विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि , पत्रकार महासंघ नेपाल जिल्ला शाखा जाजरकोटका अध्यक्ष बाल कुमार शर्मा , ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनका कार्यक्रम व्यबस्थापक महेन्द्र विक्रम शाह, ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनकै प्रतिमा प्रसाई , अग्नी शाही ,पाँचतारा युवा संरक्षक मञ्चका कार्यक्रम व्यबस्थापक पुष्पराज खतिवडा पहुँच वृद्धि कार्यक्रमका कर्मचारी सहित ३० जनाको सहभागिता रहेको थियो । बैठको सहजिकरण महिला तथा बालवालिका तथा जेष्ठ नागरिक शाखाका शाखा प्रमुख विपना पौडेले गरेकि थिइन ।

बैठले जाजरकोट जिल्लाको भेरी नगरपालिकामा रहेका संरचना ,सेवा तथा अन्य स्थितीको लेखाजोखा गर्नको लागि पालिका स्तरीय ५ जना समिति सहने गरी पहुँच लेखाजोखा समिति गठन भएको छ । समितिको संयोजकमा वडान ८ वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक विर बहादुर चन्द सदस्यहरुमा कार्यपालिका सदस्य तथा अपाङ्गगता भएका भएको व्यक्तिको परिचय पत्र वितरण समन्वय समितिका सदस्य मोति नेपाली अपाङ्गगता भएका भएको व्यक्तिको परिचय पत्र वितरण समन्वय समितिका सदस्य नर बहादुर पुन , देबेन्द्र विक र , पत्रकार महासंघ नेपाल जिल्ला शाखा जाजरकोटका प्रतिनिधि बासुदेव शर्मा रहेका छन । समितिले अध्ययन गरी ३ महिना भित्र आफ्नो प्रतिवेदन सार्वजनिक गर्नेछ । बैठकलाई समापन गर्दै नगर उप प्रमुख तथा अपाङ्गगता भएका भएको व्यक्तिको परिचय पत्र वितरण समन्वय समितिका संयोजक सिता जैसीले भेरी नगरपालिकामा अव निर्माण हुने संरचनाहरु बलमैत्री र अपाङ्गमैत्री बन्ने कुरा  परियोजना संयोजक गगन खड्काले जानकारी दिए ।

१९ माघ २०८०, शुक्रबार ११:०४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्