२२ कार्तिक २०८२, शुक्रबार

सांसदको हाजिरी दैनिक सार्वजनिक गरिने

कर्णाली अपडेट

काठमान्डाैं । कार्यव्यवस्था परामर्श समितिको बैठकले हिजोदेखि फागुन १५ सम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयसहितको क्यालेन्डर स्वीकृत गरेको हो।

सभामुख देवराज घिमिरेले कार्यतालिका लागु हुने भएपछि सांसदहरुलाई सहज हुने बताए। गएको एक वर्षमा एउटा मात्रै विधेयक पारित भएको विषयलाई लिएर धेरै प्रश्नहरु उठेका छन्। ती सबै प्रश्नको समेत जवाफ दिने गरी आगामी अधिवेशनलाई परिणाममुखी बनाउन सभामुख घिमिरेले अपिल पनि गरेका छन्।

स्वीकृत कार्यतालिकाअनुसार अब प्रतिनिधिसभाका सांसदहरूको उपस्थिति दैनिक रूपमा सार्वजनिक गरिने भएको छ। सांसदहरूले विद्युतीय हाजिरी गर्ने र सोको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय भएको छ।

सांसदहरू संसद् बैठकमा उपस्थित हुन छोडेको भनेर टिप्पणी हुन थालेपछि दैनिक रूपमा हाजिरी सार्वजनिक गर्ने तयारी गरिएको हो।

बैठकमा सांसदहरूको उपस्थिति र सहभागिता सहज हुने अपेक्षा लिएको बताए।

२३ माघ २०८०, मंगलवार ०८:२० मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्