२१ कार्तिक २०८२, बिहीबार

जाजरकोटको जुनीचाँदेमा एक युवक मृत अवस्थामा फेला

कर्णाली अपडेट

जाजरकोट । जाजरकोटको जुनीचाँदेमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

जुनीचाँदे गाउँपालिका–६, मैप बस्ने अन्दाजी बर्ष ३० का राम बहादुर शाहीको शव फेला परेको हो । शाही विहिवार जुनीचाँदे गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौथो अध्यक्षकप हेर्न जुनीचाँदे–५ स्थित शिवपुरी मावि पुगेका थिए । दुई दिन सम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा शुक्रवार राती उनको शब स्थानिय काड्या खोला नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले बताउनु भयो ।

घटनास्थलको अवस्था हेर्दा शाहीको हत्या भएको अनुमान गर्न सकिन्छ । हामीले अनुसन्धान गरिरहेका छौं प्रहरी प्रमुख पाण्डेले भन्नुभयो ‘खेलकुद कार्यक्रम हेर्न गएका शाहीको आगो ताप्ने क्रममा स्थानिय युवाहरु सँग विवाद भएको देखिन्छ । त्यो विवाद नै घटनाको कारण हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा रगत जस्तो देखिने रातो पदार्थ भेटिएको छ । उनको टाउको र कानमा चोट लागेको देखिन्छ,’

शुक्रवार इलाका प्रहरी कार्यालय गर्खाकोटबाट प्रहरी नायब निरीक्षक पूर्ण बहादुर रानाको टोली घटनास्थल पुगेको थियो । घटनास्थल थप शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक दिनेश तिमिल्सिनाको कमान्डमा थप टोली खटिएको छ । मृतक शाहीको शब शनिबार प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा पोस्टमार्टम गरिएको छ ।

मृतक शाहीका आफन्तले उनको हत्या भएको आरोप लगाएका छन् । उनीहरूले निष्पक्ष छानबिनको माग गरेका छन् । अनुसन्धानका लागि प्रहरीले एक महिला र ६ पुरुषसहित ७ जनालाई पक्राउ गरेको छ । नियन्त्रणमा रहेकाहरु संग आवश्यक सोधपुछ भइरहेको प्रहरीको भनाइ छ ।

पीडित पक्ष किटानी जाहेरी दर्ता गर्ने तयारीमा रहेको प्रहरीले जनाएको छ । जाहेरी दर्ता भएपछि र आइतवार अदालतबाट अनुसन्धानका लागि म्याद लिएपछि घटनाको बारे सार्वजनिक गरिने डिएस्पी पाण्डेले बताउनु भयो ।

१९ माघ २०८१, शनिबार १९:२३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्