२४ जेष्ठ २०८२, शुक्रबार

नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन (प्राविधिक) जाजरकोटको प्रथम भेला सम्पन्न, अध्यक्षमा थापा

कर्णाली अपडेट

जाजरकोट । नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन (प्राविधिक) जाजरकोटको प्रथम भेला सम्पन्न भएको छ। भेलाले पदम थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा पवन खत्री चयन भएका छन् भने सचिवको जिम्मेवारी पुष्पराज गौतमले पाएका छन्।

भेलामा जिल्लाभरिका प्राविधिक तथा इन्जिनियरहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संगठनको उद्देश्य, भावी योजना तथा जिल्लामा प्राविधिक विकासका सम्भावनाबारे गहिरो छलफल गरिएको थियो।

निर्वाचित अध्यक्ष थापाले प्राविधिकहरूबीच एकता कायम गर्दै जिल्लामा व्यावसायिकता र प्रविधिको प्रवर्द्धन गर्ने अठोट व्यक्त गर्नु भयो।

२२ जेष्ठ २०८२, बुधबार १८:०९ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्