९ कार्तिक २०८२, शनिबार

व्यक्तिगत लगानीमा व्याडमिन्टन कोर्ट निर्माण गर्दै मालिका व्याडमिन्टन क्लब स्थानीय तहको बेवास्ता !

कर्णाली अपडेट

जाजरकोट । भेरी नगरपालिका ३ मा रहेको मालिका व्याडमिन्टन क्लबका पदाधिकारी र सदस्यहरूले व्यक्तिगत लगानीमा व्याडमिन्टन कोर्ट निर्माण गर्न थालेका छन्।

हालैको अविरल वर्षाका कारण पुरानो कोर्ट पूर्णरूपमा भत्किएपछि स्थानीय तहलाई पटक–पटक मर्मतका लागि अनुरोध गर्दा पनि कुनै सुनुवाइ नभएपछि उनीहरू आफैँ निर्माणमा जुटेका हुन्।

क्लबका अध्यक्ष चाँगुनारायण विष्टका अनुसार पुरानो कोर्ट भत्किए पछि खेलाडीहरू अभ्यास र प्रतियोगिताबाट बञ्चित हुँदै आएका थिए। “हामीले धेरै पटक स्थानीय सरकारसँग अनुरोध गर्यौं, तर कुनै सहयोग पाएका छैनौं,” अध्यक्ष विष्टले बताउनु भयो । “अन्ततः खेलको भविष्य बचाउन हामी आफैंले रकम जुटाएर नयाँ कोर्ट बनाउन थालेका हौं।”

व्याडमिन्टनलाई ग्रामीण तहमै प्रवर्धन गर्न क्रियाशील मालिका क्लबले अघिल्लो वर्षहरूमा विभिन्न स्तरका प्रतियोगिता आयोजना गर्दै आएको थियो।

युवा खेलाडीहरूको सक्रियता र क्लबको पहलले स्थानीय खेल क्षेत्रलाई टेवा पुर्याउँदै आए पनि सम्बन्धित निकायबाट निरन्तर बेवास्ता हुँदै आएको अध्यक्ष विष्टले बताउनु भयो ।

१३ असार २०८२, शुक्रबार १९:०० मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्