२ आश्विन २०८२, बिहीबार

कुशेमा सडक अवरुद्ध, स्थानीयको तत्काल मर्मतको माग

कर्णाली अपडेट

जाजरकोट । लुम्बिनी–रारा राजमार्गको कुशे खण्ड निरन्तर वर्षाका कारण विभिन्न स्थानमा अवरुद्ध भएपछि स्थानीय बासिन्दाले आवतजावतमा समस्या भएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

स्थानीयले ध्यानाकर्षण पत्रमार्फत राजमार्गमा पहिरो र सडक भासिँदा साधारण पैदल आवतजावत समेत कठिन भएको उल्लेख गर्दै तत्काल मर्मत गरी सडक सञ्चालनमा ल्याउन आग्रह गरेका छन्।

कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहका अनुसार सडक बन्द हुँदा बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्था पुर्‍याउन कठिनाइ भइरहेको छ भने कृषिजन्य उत्पादन बजारसम्म पुर्‍याउन नसक्दा खेत बारीमै कुहिन थालेका छन् ।

प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले ध्यानाकर्षण पत्र बुझ्दै सडक मर्मत र यातायात सञ्चालनका लागि सरोकारवाला निकायसँग तत्काल समन्वय भइरहेको जानकारी दिनुभयो ।

२ आश्विन २०८२, बिहीबार १५:४२ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्