जाजरकोट । केहि दिन देखि परेको अविरल बर्षाले जाजरकोटको बारेकोट गाउँपालिका र कुशे गाउँपालिका जोड्ने सडक पुर्णरुपमा अवरुद्ध भएको छ । जिल्लाको नलगाड नगरपालिका ५ कालिमाटी खारा हुदै बारेकोट जाने सडक खण्ड र कालीमाटी, खान्टाकुरा हुँदै बारेकोट जोड्ने दुइवटा मुख्य सडक बर्षाद्ले भत्काएपछि सडक पुर्ण रुपमा अवरुद्ध भएको हो । त्यसै गरि जाजरकोट जुम्ला सडक खण्ड अन्तर्गत खलंगा पाँचकाटिया सडक पनि अबरुद्ध भएको छ ।
स्याँउलीबजार, राङ्सी लगाएतका स्थानमा पहिरो जाँदा कुशे गाउँपालिका जोड्ने मुख्य सडक पुर्ण रुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै स्थानीय पैदल हिडेर सदरमुकाम आउन बाध्य भएका छन् भने दैनिक उपभोग्य सामाग्री घोडा खच्चड मार्फत ढुवानी गर्ने गरेका छन् । अवरुद्ध सडक सुचारु गर्नका स्थानीय पालिका सँग समन्वय गर्दा पनि कुनै सुनुवाइ नभएको स्थानीयले आरोप लगाएका छन् ।