६ जेष्ठ २०८१, आईतवार

बर्षाले दुई पालिका जोड्ने सडक अवरुद्ध

कर्णाली अपडेट

जाजरकोट । केहि दिन देखि परेको अविरल बर्षाले जाजरकोटको बारेकोट गाउँपालिका र कुशे गाउँपालिका जोड्ने सडक पुर्णरुपमा अवरुद्ध भएको छ । जिल्लाको नलगाड नगरपालिका ५ कालिमाटी खारा हुदै बारेकोट जाने सडक खण्ड र कालीमाटी, खान्टाकुरा हुँदै बारेकोट जोड्ने दुइवटा मुख्य सडक बर्षाद्ले भत्काएपछि सडक पुर्ण रुपमा अवरुद्ध भएको हो । त्यसै गरि जाजरकोट जुम्ला सडक खण्ड अन्तर्गत खलंगा पाँचकाटिया सडक पनि अबरुद्ध भएको छ ।

स्याँउलीबजार, राङ्सी लगाएतका स्थानमा पहिरो जाँदा कुशे गाउँपालिका जोड्ने मुख्य सडक पुर्ण रुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै स्थानीय पैदल हिडेर सदरमुकाम आउन बाध्य भएका छन् भने दैनिक उपभोग्य सामाग्री घोडा खच्चड मार्फत ढुवानी गर्ने गरेका छन् । अवरुद्ध सडक सुचारु गर्नका स्थानीय पालिका सँग समन्वय गर्दा पनि कुनै सुनुवाइ नभएको स्थानीयले आरोप लगाएका छन् ।

१० श्रावण २०८०, बुधबार १५:४५ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्